दफा १३
जलवायु परिवर्तनको असर न्यूनीकरणमा सूचना तथा सञ्चार प्रविधि
११.१३.१. जलवायु परिवर्तन अनुकूलन (Climate change adaptation) रणनीतिहरुमा सूचना तथा सञ्चार प्रविधिको नवीनतम एवं मौलिक प्रयोगलाई प्रोत्साहन गर्दै लगिनेछ । यसै सन्दर्भमा विद्युतीय अनुकुलन सेवाहरु (e-Adaptation Applications) को विकास गरी राष्ट्रिय तथा स्थानीय अनुकूलन कार्यक्रम (National and Local Adaptation Plan of Action) संचालनलाई प्रभावकारी बनाइनेछ ।